सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजार घट्ने क्रमले बधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा बन्द भएको छ ।
नेप्से लगातार घटेको बुधबार तेस्रो दिन हो । यस दिन ६४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सूचक निरन्तर ओरालो लाग्दा आमलगानीकर्ताको मनोबल पनि कमजोर देखिएको छ । विगत एक वर्षदेखि घट्दो क्रममा रहेको बजारमा सूचीकृत कम्पनीहरुको सेयर भाउ भने निकै सस्तो बनिसकेको छ ।
सेयर भाउ सस्तो भइसक्दा पनि तरलताको अवस्था र ब्याजदर असहज भएका कारण पुँजी बजार प्रभावित बन्दै आएको छ ।