सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सडकपेटीमा गीत गाउँदै आर्थिक सहयोग माग्न बसेका दृष्टिविहीन, अशक्त तथा अपांगहरूलाई हटाउन थालेको छ । महानगरपालिकाले निर्देशन अटेर गर्दै काठमाडौंका विभिन्न स्थानको सडक पेटी र आकाशे पुलहरुमा गीत गाउँदै र बाद्यवाधन बजाउँदै माग्न बसेका दृष्टिविहीनहरुलाई लखेट्न र नियन्त्रणमा लिन थालेको हो ।
महानगरपालिकाले दृष्टिविहीनहरुलाई चार दिन अघिदेखि सडक पेटीबाट हटाउन थालेको थियो । दैनिकजसो जबरजस्ती उठाएर पठाउँदै महानगरले फेरि सडकमा माग्न नआउन उनीहरुलाई उर्दी जारी गर्ने गरेको छ । सडक पेटीमा बसेर माग्नुबाहेक विकल्प नभएको भन्दै दृष्टिविहीनहरू सडकमा फर्किरहेका छन् ।
बिहीबार पनि दृष्टिविहीनहरु न्यूरोड, सुन्धारा, जमल, बागबजार लगायतका क्षेत्रमा बसेर माग्ने क्रममा महानगरले हटाएको दृष्टिविहीन निर्मल केसीले बताए ।