२०८१ मंसिर ९ , आइतवार

१९ प्रतिशतले बढ्यो रेमिट्यान्स

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको हो ।

 

 

साउन र भदौ महिनामा कुल १ खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य बढ्नु र अमेरिकी डलरको मूल्यवृद्धिले रेमिट्यान्समा उल्लेख्य सुधार देखिएको हो ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाा) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ ।