२०८१ पुष ११ , बिहिवार

आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा

सुनाखरी न्युज/ काठमाडौं ।
बजारमा सुनको आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी ब्यवसायमा आवद्ध ब्यवसायीहरु मर्कामा परेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई समक्ष यस्तो गुनासो गरेको हो ।
उपभोक्त सरोकारका विभिन्न बिषयमा छलफलगर्ने क्रममा विभागले आयोजना गरेको एक कार्यक्रममा महमासंघका प्रतिनिधिहरुले बजारको मागको तुलनामा आपूर्ति अत्यन्तै कम मात्र भएकोले ब्यवसाय सञ्चालन गर्न नै कठीनाई भएको बताए ।
त्यसक्रममा विभागका महानिर्देक भट्टराइले ब्यवसायीको गुनासो जायज भएको र त्यसलाई आपूले सम्वन्धित निकायमा पुर्याउने प्रतिवद्धता जनाए । त्यसक्रममा अन्य विभिन्न संस्थाका प्रतिनिधहिरुको पनि सहभागिता रहेको थियो । महासंघका तर्फवाट भने अध्यक्ष शाक्यसँगै उपाध्यक्ष दियशरत्न शाक्य एवं महासचिव धर्मशुन्दर बज्राचार्यको सहभागिता रहेको थियो ।