सुनाखरी न्युज/ काठमाडौं । यस पटक दुई दिन धनतेरस पर्दा सुनचाँदीको खपत ह्वात्तै बढेको छ । धनतेरसका दिन सुन चाँदी खरिद गर्नुपर्ने मान्यता भएकाले यसै पनि कारोबार धेरै भएको हो ।
धनतेरसको पहिलो दिन गत शनिबार मात्रै देशभर ५५ किलो सुन र १५ सय किलो चाँदी बिक्री भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । गत वर्ष धनतेरसका दिन ४५ किलो सुन बिक्री भएको थियो ।
सुनचाँदी ब्यवसायीहरुले स्टक राखेको सुन तिहारमा बिक्री गरेको बताएका छन् । माग उच्च हुँदा गत शनिबार सुनको मूल्य प्रति तोला १५ सय रुपैयाँ बढेको थियो । हिजो आइतबार भने मूल्य ६ सय रुपैयाँले घटेको थियो ।