२०८१ कार्तिक २२ , बिहिवार

सत्ता गठबन्धनका शीर्ष नेताहरुको विवाद छिट्टै समाधान गर्ने प्रतिबद्धता

सुनाखरी न्युज/ काठमाडौं ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने बताएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफलमार्फत निष्कर्षमा पुर्‍याउने शुक्रबार  बताएका हुन् ।

 

विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानमा भने मित्रवत प्रतिस्पर्धा गर्ने तय गरिएको छ, ती स्थानहरूमा एक आपसमा समान र सौहादपूर्ण व्यवहार गर्ने सहमति भएको छ ।’