२०८१ कार्तिक २२ , बिहिवार

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा

सुनाखरी न्युज/ काठमाडौं । सम्पूर्ण टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा को प्रत्याभूतीप्रदानगरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालनखर्चलाई न्यूनीकरण गर्ने रग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूतीप्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवातथा सुविधाहरु सहितटाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रा लि ले ल्याएकोे छ ।

 

२०७९ कार्तिक १५गते एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतकाथपसेवातथासुविधाहरुको शुभारम्भ गरेको छ । त्यस अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ ले नेपालमाटाटा गाडी बिक्रि गर्नु को अतिरिक्त हाम्रो प्रमुखव्यवसायिकलक्ष्यविकासशीलआवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट विक्रिपछिको सेवाहरु प्रदान गर्नु हो । हाम्राग्रहाकहरुको आकांक्षबमोजिमटाटा प्रोटेक्ट अन्तर्गतका सेवातथा सुविधाहरुलेग्राहकहरुलाईउत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्नेछ र ग्रहकहरुलाई दुक्कभई आफ्नो व्यवसायमाध्यान केन्दि«त गर्न सहयोग पुग्ने कुरामाविश्वस्त रहेको बताउनुभयो ।

 

त्यसै गरी टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेसनलविजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकलविजनेस श्री अनुराग मेहरोत्रा ले टाटा मोर्टस आफ्नाग्राहकहरुलाई विश्व स्तरीय सेवातथा समाधानप्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्वबजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा बृद्धि भई गाडी बिक्रि तथाप्रवर्धनमापनि सहयोग मिलेको कुरा बताउनु भयो । टाटा प्रोटेक्टका विस्तारीत सेवातथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने,ग्रहकहरुको नाफामा समेत बृद्धि हुने र ग्राहकहरुले तनाबमुक्त सेवातथा सुविधाहरुको मजालिने कुरामाविश्वस्त रहेको बताउनु भयो । टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथावी केयेर गरी आठप्रकारका सेवातथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवातथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथाआधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्धहुनेछन् । मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, ए.एम.सी सेवा रहेका छन् जसमाग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्माकंपनीले लिनेछ ।

 

टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदीवर्कशपमा फेरीएका स्पेयर पार्टस्हरुमा ६ महिनावा ५०,००० कि.मि सम्मको वारेन्टी सुविधा रहेको छ । एक्सप्रेस सेवाअन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदानगर्दछ, नभएमाक्षतिपूर्तीको ब्यवस्थाकंपनीले गर्नेछ । टाटा जिप्पिअन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमाक्षतिपूर्तीको व्यवस्था रहेका छ । ग्राहकहरुको सेवाको लागी कस्टमर हेल्पलाइन को व्यवस्था रहेको छ जुन २४ घण्टा ७दिनउपलब्ध रहने छ र ग्राहकहरुको कुनै पनिगुनासोहरु ४८ घण्टा भित्र समाधान गर्ने प्रत्याभूतीप्रदानगर्दछ । टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमातयार हुन्छ र साथमानगद रहितविमादावि सुविधाहरु पनि रहेको छ । टाटा अलर्ट अन्तर्गत कंपनीले तोकेका हाईवे कोरीडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमापुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदानगर्दछ ।

 

र वीकेयेर सेवाअन्तर्गत वर्कशपमा गाडी बनाउदाँग्राहकले अपेक्ष गरे बमोजिम को सेवातथा सुविधाप्राप्तनभएमातुरुन्त सम्पर्क गरी आफ्नो समस्यातथागुनासोलाई दर्ता गराई तुरुन्त समाधानप्रदान गर्ने व्यवस्था रहेको छ । अनलाइनमार्फत सम्पन्नउक्तकार्यक्रममा टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुको साथमा टाटा मोटर्सका उच्चपदाधिकारीहरु को पनिउपस्थिति रहेको थियो ।सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमूख संचालकअधिकृत श्री राजेश प्रसाद गिरीलेकार्यक्रममाउपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधै उत्कृष्ट सेवाप्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरि कार्यक्रमको समापन गर्नु भयो ।