सुनाखरी न्युज/ काठमाडौं । रियलमी ले रियलमी यु आइ विजेट को क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेनमा एप डेभलपर, यु एक्स डिजाइनर एवम् स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारी देखि लिएर सर्व साधारण समेत सहभागि हुन सक्नेछन् ।
विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानहरुसँग मिलेर नयाँँ रियलमी युआइ विजेट सह सिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्धेश्यले यो क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ । साथै यस क्याम्पेनले उपभोक्ताहरुलाई रियलमीको भविष्यको यु आइ विजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्न र सह सिर्जना गर्ने अद्दितिय अवसर प्रदान गर्नेछ ।
यसरी बनाइने नयाँँ विजेट विल्कुलै भिन्न र कटिङ एज डिजाइन युक्त मात्र नभै उपभोक्ताहरुको दैनिक प्रयोगको लागि आवश्यक फंसनालिटीहरु पनि समावेश गरिनेछ । साथै यसमा हरेक चोटि स्क्रिन अनलक गर्दा आवश्यक सुचनाहरु पनि प्रदान गर्ने गरी डिजाइन गरिने कम्पनीले जनाएको छ ।