२०८१ आश्विन ७ , सोमवार

नेलम्बो नेपाल र मृगौला रोग पिडित सरोकार समाजद्धारा सचेतनामूलक कार्यक्रम सञ्चालन

सुनाखरी न्युज/ पोखरा । नेलम्बो नेपाल र मृगौला पडित सरोकार समाज कास्कीको संयुक्त आयोजनाममा सञ्चालन गरिएको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

 

 

मृगौला सम्बन्धी दिनानु दिन समस्याहरु बढ्दै गईरहेको वर्तमान अवस्थामा मृगौला रोग लाग्नुकाकारण, मृगौला रोग लाग्नबाट कसरी बच्ने, मृगौला रोग लागेमा कसरी उपचार गर्ने, डाइलासिस् गर्दा अपनाउनुपर्ने कुराहरु, मृगौला प्रत्यारोपण गर्दा हुने सम्भावना र चुनौति प्रत्यारोपण गर्दा लाग्ने खर्च र विधि, नेपाल सरकारबाट पाउने सुविधाहरुको वारेमा जानकारी प्रदान गरियो । उक्त सचेतनामुलक कार्यक्रममा नविन माध्यमिक विद्यालय पोखरा ४ गैह्रापाटनसृजनशिल महिला समूह पोखरा ४ गणेश टोल, जनहित महिला समूह पोखरा ४ कालीमाटी सर्वेश्वर नारी समूह पोखरा ४ गैह्रापाटनसमाज सेवा समिति पोखरा ४ चिप्लेढुङ्गामिसः पुचा पोखरा ४ रामकृष्ण टोलनेपाल आर्दश महिला समूह पोखरा ४ गरी जममा १०४ जनाको उपस्थिति रहेको थियो ।

 

 

उक्त कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. ४ का वडा अध्यक्ष देव कृष्ण पराजुलीको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सञ्चालन गरिएको उक्त कार्यक्रममा पराजुलीले समाजमा विभिन्न रोगसँग सम्बन्धित सचेतनामुलक कार्यक्रमको खाँचो रहेको र त्यस्ता कार्यक्रमले नागरिक सचेतना हुने र समाजमा भौतिक विकास मात्र नभई बौद्धिक विकासको पनि जरुरी रहेको बताउनु भयो । उक्त कार्यक्रममा नेलम्बो नेपालका उपाध्यक्ष सरोज कोइरालाले रोग लाग्नु भन्दा लाग्न नदिनु उत्तम हुने भएको हुदाँ नेलम्बो नेपालले यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । उहाँले संस्थाको दीर्घ रोगको पहिचान र त्यस सँग सम्न्धीत सचेतनामा मुलक कार्यक्रम संस्थाको उद्देश्य भित्र रहेको हुदाँ यो कार्यक्रम प्रभावकारी हुने पनि बताउनु भयो । त्यसै गरी संस्थाका फण्डिङ्ग एण्ड पार्टनरसीप संयोजक डा. किसन कोइरालले संस्थाले गरेका गतिविधि र संस्थाको परिचय पनि व्यक्त गर्नु भयो ।

 

 

उक्त कार्यक्रममा विगत करिब ३२ वर्ष देखि मृगौला रोग पडित र हाल नियमित डाइलासिस् गराउनु भएका मृगौला विरामी उपेन्द्र राज गौतमले मृगौला रोगको वारेमा जानकारी रोग लागे पछि त्यसले पार्ने प्रभाव, सामाजि रुपमा त्यसको मनोवैज्ञानिक असर डालासिस गराउँदाका जोखिम, त्यसको आर्थिक खर्च को वारेमा पनि जनाकारी प्रदान गर्नु भयो र समाजमा भड्कीलो जीवन शैली, खानपान जस्ता कुराहरुले मृगौलालाई दैनिक जसो असर पार्दै गईरहेको पनि उल्लेख गर्नु भयो । त्यसै गरी उकत कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मृगौला रोग विशेषज्ञ वरिष्ठ डा. अमृत के.सी ले मृगौला रोगको वारेमा जानकारी रोग लाग्न नदिने उपायहरु रोगका लक्षणहरु, रोग लागेपछि उपचार पद्धतिको वारेमा जनाकारी प्रदान गर्नु भयो । उहाले मृगौला फेल भए पश्चात मृगौलाको डाइलासिस गर्नु भन्दा प्रत्यारोपण नै गर्नू पर्ने र प्रत्यारोपण गर्दा सवै कुराहरुको वारेमा चेकजाँच गरेर मात्र मृगौला दान गर्ने व्यक्तिसँग लिइने भएको हुदाँ दुईवटा मृगौला स्वस्थ भएको व्यक्तिलृ एक मृगौला प्रदान गर्दा समस्या नहुने पनि बताउनु भयो ।

 

त्यसै गरी मृगौला प्रत्यारोपण गरी सकेका मृगौला रोग पडित प्रदिप गुरुङ्गले उहाँले आफुले प्रत्यारोपण गर्दाका समस्याहरु र प्रत्यारोपण गर्दाका चरणहरु पनि प्रस्तुत गर्नु भयो । उहाँले मृगालालाई बचाउनको लागि स्वस्थ्य जीवन जीउनु पर्नेमा जोड दिनु भयो । श्री मृगौला रोग पिडित सरोकार समाज कास्कीका अध्यक्ष संजय कुमार रानाभाटको अध्यक्ष्तामा सञ्चालित कार्यक्रम कल प्रसाद गुरुङ्गद्धारा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य भनेको मृगौलालाई बिग्रन नदिनु र सवैलाई सजग गराउनु रहेको नेलम्बो नेपालले जनाएको छ । उक्त कार्यक्रममा नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, स्वास्थ्य प्रवद्र्धन अधिकृत निर्मला देवकोटा र शमीका बस्नेत पनि उपस्थिति हुनु भएको थियो ।