२०८१ मंसिर १४ , शुक्रवार

कुमारी बैंक र द हिमालयन गृल बाइबाजेको बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाण्डांै वडा न १०, टोखास्थित “दहिमालयन गृल बाइबाजेको”(The Himalayan Grill by Bajeko)बीच आफ्ना ग्राहकवर्ग लाई सेवाहरुमा,कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वा QR मार्फत भुक्तानी गर्दा,विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।

 

दहिमालयन गृल बाइबाजेको को तर्फ बाट संचालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फ बाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गर्नुभएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरू लाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो । यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरु वा QR प्रयोगकर्ताहरुले The Himalayan Grill by Bajeko को टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

 

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।