२०८१ मंसिर ९ , आइतवार

नेप्सेको पुरानो वेबसाइट बन्द, आइतबारदेखि नयाँ वेबसाइट पूर्ण रुपमा संचालन हुने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेन्जको पुरानो वेबसाइट बन्द भएको छ। नेप्सेले सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइट http://www.nepalstock.com/ मा अब उप्रान्त कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको हो ।

 

यस सँगै अब नेप्सेको नयाँ वेबसाइट https://www.nepalstock.com.np/ कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने छ । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउँन लागेको हो । नयाँ वेबसाइट पूर्ण रुपमा संचालनमा आउँन लागेकोले नेप्सेले यस अघि नै सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई नयाँ वेबसाइटको लागि लगइन आईडी लिनको लागि आग्रह गरेको थियो । नेप्सेले सञ्चालन गरेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को लगईन आइडी नलिएका सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेले कार्तिक २५ गते भित्र नै अनिवार्यरुपमा नट्सको लगईन आइडी लिईसक्न आग्रह गरेको थियो ।

 

नेप्सेका अनुसार कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगईन आइडी अनिवार्य चाहिन्छ । कार्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेवसाइटबाट मात्रै सार्वजनिक हुने र पुरानो वेवसाइट अर्न्तगतका सम्पूर्ण लगइन आईड खारेज हुने नेप्सेले जनाएको छ ।