२०८१ आश्विन ६ , आइतवार

बलिउड फिल्म ‘उचाई’ शुक्रबारदेखि रिलिज

सुनाखरी न्युज / काठमाण्डौ – फिल्म ‘उचाई’ मा रहेको नेपाल र सगरमाथाको विषयमा बोलिएका मन छुने सम्वादले धेरैको मन छुन सफल भएको छ ।

अभिनेता दीपकराज गिरीले पनि फिल्म ‘उचाई’ भित्र रहेका नेपाल र सगरमाथाका बारेमा बोलिएको मन छुने संवादहरू आँखा रसाएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै ‘उचाई’ भारतबाट नेपालको विषयमा बनेको सबै भन्दा राम्रो चलचित्र भएको भन्दै तारिफ गरेका छन् ।

उनले लेखेका छन्, ‘चलचित्र ‘उचाई’ । चलचित्र हेरिरहँदा नेपाल र सगरमाथाका बारेमा बोलिएको मन छुने संवादहरूले आँखा त्यसै रसाएर आउँछ । भारतबाट नेपालको विषयमा बनाएको सम्भवतः सबैभन्दा राम्रो चलचित्र । समय मिल्छ भने हामीले पनि हेरेर साथ दियौ ।।।जय नेपाल ।’

सुरज बड्जात्याको निर्देशनमा तयार भएको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ ।