२०८१ आश्विन ६ , आइतवार

र्यापर निमा लामाको ‘कमिसन’ बजारमा

सुनाखरी न्युज/ काठमाडौं । गायक एंव संगीतकार कर्साङ लामाको चुनाव लक्षित गीत ‘कमिसन’ बजारमा आएको छ ।गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत आइतबार सार्वाजानिक गरिएको हो ।

 

गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार कर्साङ लामाको आवाज रहेको गीतलाई विवेक लोप्चनले लेखेका हुन । जेम्स जिम्बाको र्याप कम्पोज गरेको गीतलाई कर्साङ लामाले नै संगीत संयोजन र मिक्सिङ गरेका हुन ।

 

पछिल्लो समय निकै चर्चा बटुलिरहेका र्यापर निमा लामाको र्याप रहेको गीतमा निर्वाचनमा हाम्रोलाई भन्दा राम्रोलाई छान्नु पर्ने सन्देश छ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ तामाङले निर्देशन , त्रिलोक लामाले छायांकन र राजु लामाले सम्पादन र कलर गरेका हुन । भिडियोमा यग्य मोक्तान र अशिम लोप्चन तामाङलाई पनि देख्न सकिन्छ ।