२०८१ मंसिर ९ , आइतवार

नेप्सेमा कुमारी बैंकको रु. ३ अर्बको ऋणपत्र सूचीकृत

सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

यो ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। कुमारी बैंकले गत भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म यो ऋणपत्र बिक्री गरेको थियो। कुल ३ अर्बबराबरको ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिएको थियो। यो ऋणपत्रको बाँडफाँड भने गत असोज ७ गते गरिएको थियो।

 

कुमारी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउँछन्।