२०८१ आश्विन ६ , आइतवार

अभिनेता प्रदीपले मागे नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट

सुनाखरी न्युज / काठमाडौं – अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन । मंगलवार नवलपरासीको बर्दघाट(१२ मा चुनावी सभामा सहभागी भएर उनले चौधरीलाई भोट मागेका हुन । चौधरी नवलपरासी ९ब।सु।प० क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन ।

 

मंगलवार आयोजित वाम गठबन्धनको चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू पुगेका थिए भने उनीहरूसँगै प्रदीप खड्कालाई पनि अतिथिको रूपमा मञ्चमा आसन ग्रहण गराइएको थियो ।

चौधरीले आफ्नो फेसबुकमा राखेको तस्बिरमा प्रदीपले पनि सभालाई सम्बोधन गरेको देखिन्छ । उनले चौधरीलाई जिताउन त्यहाँका स्थानीयहरूलाई आग्रह गरेका छन । विनोद चौधरीका छोरा तथा चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरीसँगको मित्रताका कारण उनी चौधरीको पक्षमा भोट माग्नका लागि चुनावी आमसभामा सहभागी भएका हुन ।