२०८१ कार्तिक २३ , शुक्रवार

सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचार सम्बन्धि सामाग्री हटाउन आयोगको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामाग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको हो ।

 

आयोगका सहप्रवक्ता कमल भट्टराईले स्थिर समय सुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरु सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताउनुभयो । उहाँले उम्मेदवार तथा राजनीतिक दलहरुले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन ऐन बमोजिम आवश्यक कारबाही हुनेपनि बताउनुभयो ।

 

आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सम्बन्धी प्रचारप्रसारका सामग्री हटाए/नहटाएको अनुगमन गर्ने जनाएको छ ।