२०८१ मंसिर ११ , मंगलबार

अमेरिकाको तल्लो सदनमा रिपब्लिकनको बहुमत

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी टेलिभिजन सीएनएनले रिपब्लिकनले बहुमतका लागि आवश्यक सिट जित्ने निश्चित भएको उल्लेख गरेको छ । ४ सय ३५ सदस्यीय सदनमा बहुमतका लागि २ सय १८ सिट आवश्यक पर्छ । रिपब्लिकन दलले २ सय १८ देखि २ सय २३ सिट जित्ने सीएनएनले जनाएको छ ।

 

रिपब्लिकन दलले भने क्यालिफोर्नियाका सांसद केभिन म्याकार्थीलाई सभामुखका लागि अघि सारिसकेको छ । हाल डेमोक्रेटिक दलकी नान्सी पेलेसी सभामुख छिन् । संसद्मा बहुमत ल्याएसँगै म्याकार्थी सभामुख हुने निश्चित भएको छ । संसद् बैठक जनवरी ३ मा बस्दै छ ।

जितको उत्सव मनाएका म्याकार्थीलाई राष्ट्रपति जो बाइडेनले बधाई दिएका छन् । उनले चुनावी नतिजाअनुसार अमेरिकी जनताले काम गर्न मिलेर अघि बढ्न आग्रह गरेका बीबीसीले उल्लेख गरेको छ ।