२०८१ कार्तिक २४ , शनिवार

चितवन २ मा रवि लामिछाने ३४ हजार बढी मतान्तरले निर्वाचित

सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अत्यधिक मतका साथ यहाँबाट निर्वाचित भएका छन्।

 

८४३१७ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६१ भोट प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५०९९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ भोट पाए। लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४१६२ भोट बढी पाएका छन्। चितवन-२ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो। यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै थियो। त्यसैले यहाँ एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान थियो। तर रविको प्रवेशले यहाँको राजनीतिक नक्सा बदलिदियो।

 

परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै रवितिर कित्ता सरेपछि उनी बलियो बनेका हुन्। रविले लामो समय विभिन्न टेलिभिजनमा ‘सिधा कुरा जनता’ सँग भन्ने कार्यक्रम चलाए। त्यो कार्यक्रमबाट उनले अनियमितताविरूद्ध आवाज उठाएको, असहायहरूलाई सहयोग गरेको र सामाजिक काममा सक्रिय भएको भनेर धेरै मतदाताले रविको प्रशंसा गरेका थिए।

 

बागमती प्रदेश- चितवन , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २
Photo
रबि लामिछाने(४७ )    राष्ट्रिय स्वतन्त्र पार्टी   ४९२६४
Symbol 
Photo
उमेश श्रेष्ठ(६६ )
Symbol नेपाली काँग्रेस  १४९८३
Photo
कृष्ण भक्त पोख्रेल(५५ )
Symbol नेपाल कम्युनिष्ट पार्टी (एमाले)  १४६४७
Photo
रविन अधिकारी(३६ )
Symbol राष्ट्रिय प्रजातन्त्र पार्टी   ९५४
Photo
टेक बहादुर तामाङ(४७ )
Symbol मंगोल नेशनल अर्गनाइजेसन  २७७
Photo
अमृत तामाङ्ग(४१ )
Symbol हाम्रो नेपाली पार्टी   १४९
Photo
भास्कर चन्द्र न्यौपाने(५१ )
Symbol स्वतन्त्र   ८२
Photo
देविका कुवर(२९ )
Symbol स्वतन्त्र    ६३
Photo
मुस्तफा अली(६४ )
Symbol जनता समाजवादी पार्टी, नेपाल  ६२
Photo
प्रभा त्रिपाठी(४१ )
Symbol जनसमाजवादी पार्टी नेपाल   ५८
Photo
ज्ञानेन्द्र प्रजा(३१ )
Symbol नेपाल मजदुर किसान पार्टी    ५५
Photo
अंगुर पन्त(४३ )
Symbol स्वतन्त्र   ४६
Photo
सुन्दर डल्लाकोटी(३५ )
Symbol स्वतन्त्र   २६
Photo
सुनिल कुमार क्षेत्री(४५ )
Symbol राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल    २०
Photo
शुदर्शन प्रधान(५९ )
Symbol स्वतन्त्र   १६
Photo
खेम राज भट्टराई(४८ )
Symbol स्वतन्त्र