सुनाखरी न्युज/ काठमाडौँ । नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफम्यानेजमेन्टले नेपालकाप्रतिभाशालीयुवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन“एस् इग्नाइट”आयोजना गरेको छ ।
कलेजकै प्राङ्गणमासम्पन्नभएकोयस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रमभएको आयोजकले दावी गरेको छ । ह्याकथनमाउपत्यकाभित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरुभएकायस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर राष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ।
इभेन्ट लिड प्रज्वलश्रेष्ठले भन्नुभयो “विभिन्न क्षेत्रकायुवाप्रतिभाहरुको क्षमता र समस्या समाधान गर्नको लागिउनीहरुले गरेको सिर्जनात्मक सहकार्यले पक्कै पनि सकरात्मक परिवर्तन ल्याउनेछ । हामीले गर्नैपर्छ र हामीले नै गर्न सक्छौँ भन्ने उनीहरुको मनोबल वास्तवमै प्रशंसनीय छ । उनीहरुको उत्साहजनक सहभागिताले पक्कै पनिह्याकथनलाई वास्तवमै सफलबनाएको छ ।”
त्यस्तै एस् इग्नाइटका मेन्टर मध्यका एक बेन्जिनदाहालले भन्नुभयो“विद्यार्थीहरुवास्तविक समस्या हरु समाधान गर्न को लागि एउटै प्ल्याट्फर्ममाआएर उनीहरुले गरेको सहकार्य सराहनीय छ । ह्याकथनको सबैभन्दा राम्रो कुरा भनेको उनीहरु आफ्नो इनोभेसनमामात्रसिमितनभै त्यो इनोभेसन आवश्यकहुने ठाउँमा पुर्याउनपनिउत्तिकै प्रयासरत थिए।
त्यस्तै प्रमुखअतिथिको रुपमापाल्नु भएकाशाओमीका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भन्नुभयो “युवाहरु आँफैले नेत्रित्वलिएर युवाहरुकै लागिजुनह्याकथनआयोजना गरे, त्यसमाहामीपनि सहभागिहुनपाउँदाएकदमै खुशीलाग्यो । आफ्नानयाँँ सोच र आइडियाहरुलाई कसरी समाधानमुलकतरिकाले व्यवहारमाउतार्न सकिन्छ भनेर मिलेर काम गरेको देख्दा सार्है राम्रो लागेको छ ।”
एस् इग्नाइट का विजेताहरु
प्रथम स्थान टिम यारस युनिकाबज्राचार्य,अनुज छेत्री,अश्मित रजौरे, रुजलआचार्य, सुबन श्रेष्ठ
दोश्रो स्थान टिम पि एन पिबंशजपौडेल,नदिकापौडेल,क्रिश्बिनपौडेल,महिमा ढकाल
तेश्रो स्थान टिम टेली टबिज सुगमपौड्याल, रोशिशश्रेष्ठ,सिमोन प्रधानाङ्ग, समिर श्रेष्ठ,आयुश राज पाण्डे