सुनाखरी न्युज/ काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शेयरधनीहरुको उल्लेख्य सहभागिता सहित चौँथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गर्नु भएको थियो । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथशर्मा, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी, सुमन पोखरेल,लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत बैंक परिवारको उपस्थिती रहेको थियो ।
उक्त सभाले आर्थिक बर्ष २०७८÷७९ को वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९÷८० कोलागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावपारित गरेकोछ । साथै,बैंकको चुक्तापूँजी रु.२१ अर्ब ६० करोड को ४.२१०५५ ले हुने रकम रु.९० करोड ९४ लाख ६८ हजार नगदलाभांस (लाभांस कर समेत) वितरण गर्ने प्रस्तावर बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ ।
स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमालगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथस्थापित यस बैंकहाल संचालनको चौँथो वर्षमा रहेको छ । आ.व. २०७८÷७९सम्मआईपुग्दा बैंकले रु. ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै रु.१५ अर्ब ५८ करोड बरबरकोकर्जा प्रवाहगरेकोर सोही अवधिमा बैंकले रु १ अर्व २ करोड खुदमुनाफाआर्जन गर्न सफलभएको छ ।
बैंकले मुलुकमा निर्माण हुने सबलतथा दीर्घकालिन पूर्वाधारहरुमा सफल अभ्यासहरु अंगालि सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रबर्धन गर्ने विषयहरुलाई मुख्य आधार स्तम्भबनाई चार वर्षे रणनीतिक योजना अनुरुप व्यवसायिक गतिविधिहरुलाई तिब्रता दिएको छ ।