२०८१ आश्विन ६ , आइतवार

चार सातामा ‘महापुरुष’ले कमायो १० करोड

सुनाखरी न्युज/ काठमाडौं । ‘महापुरुष’ले चार सातामा १० करोड कमाएको छ । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ बढीको ग्रस कमाइ गरेको छ ।

 

प्रदर्शनको ३१ औं दिन शनिबारसम्म फिल्मले १० करोड १४ लाख रुपैयाँ कमाएको हो । फिल्मले दुई अंकको कमाइ गरेपछि निर्माताले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केक काटेर सफलताको खुसीयाली मनाए । कार्यक्रममा फिल्मका निर्माता, निर्देशक, कलाकार र प्राविधिक सहभागी थिए ।

 

निर्माता दीपेश म्याक्स खत्रीले दर्शकलाई मनोरञ्जन दिने खालका फिल्म सफल हुने बताए । ‘राम्रा फिल्म बनाउँदा व्यापार पनि हुन्छ र भविष्य पनि बन्छ। स्तरीय फिल्मलाई दर्शकले साथ दिन्छन् भन्ने प्रमाणित भएको छ ।