सुनाखरी न्युज/ काठमाडौं । नेपालमा डिजिटल हेल्थ कन्फरेन्स आयोजनाहुने भएको छ । मंसिर ११ र १२ गते हुने यो सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो ।
काठमाडौँमा आयोजनाहुने यो सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमानअवस्था रभावीकार्यदिशालगायतकाविषयमा केन्द्रितहुने बताइएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रि भवानी प्रसाद खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो सम्मेलनमा नेपालका लागि स्विस राजदुतएलिजाबेथ भोन क्यापेलरका साथै स्विजरल्याण्ड,जापान, दुवाई लगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तराष्ट्रिय वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरुले समेत कार्यपत्र प्रस्तुत गर्ने आयोजकले बताएको छ ।
सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी संघसंस्थाकाप्रतिनिधि र अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिती रहनेछ । डिजिटल हेल्थको सन्दर्भमा नेपालको वर्तमान स्वास्थ्यनीतिले सम्बोधन गरेको विषयपनि सम्मेलनको विशेष मुद्धा हुनेछ । यसका साथै डिजिटल हेल्थमा नेपालका दुरदराजकाजनताको सहजपहुँचको वातावरण सिर्जना गर्ने विषयपनि सम्मेलनको मुख्य छलफलको विषयबन्नेबताइएको छ ।