सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आयकर तथा सम्पत्ति शुद्धिकरण सम्वन्धी विभिन्न गतिविधी समेटेर तयार गरेको सचेतना पुस्तक सार्वजनिक गरेको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा मंगलबार आयोजित एक कार्यक्रमकावीच पुस्तक सार्वजनिक गरिएको हो ।
महासंघका अध्यक्ष माणिक रत्न शाक्यले पुस्तक सार्वजनिक गर्दे यस किसिमको पुस्तक पहिलो पटक सार्वजनिक भएको उल्लेख गर्दै यसले आम सुनचाँदी ब्यवसायीलाई फाइदा पुग्ने बताउनुभयो । कर र राजस्वका बिषयमा यसअघि ब्यवसायीलाई धेरै अन्यौलता भएको उल्लेख गर्दै उहाँले आगमी दिनमा यस्ता समस्या क्रमशः समाधान हुने धारणा राख्नुभयो ।
पुस्तकमा कर राजस्वका सम्वन्धमा सुनचाँदी ब्यवसायीलार्य आवश्यक पर्ने बिषयवस्तुहरु समेटिएको छ । महासंघको राजस्व तथा सम्पत्ति शुद्धिकरण परामर्श समितिका संयोजक मोहन काजी शाक्यको अग्रसरतामा सो पुस्तक तयार गरिएको हो । संयोजक शाक्यले ब्यवसायीलार्य कर र राजस्वका सम्वन्धमा परेको कठीनाईलाई केही हदसम्म भएपनि समाधानगर्न सहयोग पुग्ने उद्धेश्यले पुस्तक तयार गरिएको बताउनुभयो ।
यसक्रममा महासंघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले सुनचाँदी ब्यवसायीलाई सहयोग पुग्ने यस किसिमका पुस्तक आगमी दिनमा पनि प्रकाशन गर्न सुझाव दिएका थिए ।