२०८१ मंसिर ११ , मंगलबार

विश्वकै सबैभन्दा ठूलो ज्वालामुखी फेरि सक्रिय

सुनाखरी न्युज/काठमाडौं। अमेरिकाको हवाई राज्यस्थित विश्वकै सबैभन्दा ठूलो तथा सक्रिय ज्वालामुखी माउना लो झण्डै ४० वर्षपछि फेरि विस्फोट भएको छ ।

 

ज्वालामुखी रहेको पहाड वरपर नै लावा बगिरहेको छ तर स्थानीयवासीहरुलाई सतर्क अवस्थामा राखिएको छ । अमेरिकी भूगर्भ विभागले हालको स्थिति बद्लिन सक्ने भन्दै सावधान गराएको छ । ज्वालामुखीबाट हुन सक्ने खतराको स्तर सबैभन्दा माथि रहेको पनि जनाइएको छ । हवाई ज्वालामुखी राष्ट्रिय निकुञ्जको क्षेत्रमा रहेको ज्वालामुखी माउना लोले हवाईको आधाभन्दा बढी भाग ओगटेको छ ।

 

समुद्री सतहभन्दा १३ हजार ६७९ फिटमाथि रहेको सो ज्वालामुखी २ हजार भन्दा धेरै वर्ग क्षेत्रमा फैलिएको छ । उक्त क्षेत्रमा हालै आएको भूकम्पका कारण ज्वालामुखी विस्फोट हुन चेतावनी जारी गरिएको थियो । आइतवार मात्रै सो क्षेत्रमा एक दर्जनभन्दा बढी कम्पनहरु मापन गरिएको थियो ।