२०८१ कार्तिक २९ , बिहिवार

समानुपातिकतर्फ १ करोड मतगणना,७ पार्टीले कटाए थ्रेस होल्ड

सुनाखरी न्युज/काठमाडौं। प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ आज (बुधबार) बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ ।

 

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर पहिलाे दल बनेकाे हाे । नेपाली कांग्रेसले २५ लाख ४८ हजार मत प्राप्त दोस्रो दल गरेकाे छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार मत प्राप्त गरेर तेस्रो दल बनेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार, जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार र जनमत पार्टीले ३ लाख ५६ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

 

नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ८१ हजार मत पाएको छ । निर्वाचनमा खसेको मत मध्ये सदर मतको ३ प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । आयोगले प्रदेशतर्फ समानुपातिकतर्फको मतगणना पनि जारी राखेको छ । प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि रहेकाे छ । मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेकाे छ ।