२०८१ मंसिर ११ , मंगलबार

टुसा उम्रिएको आलु स्वास्थ्यका लागि फाइदा कि बेफाइदा

सुनाखरी न्युज/ काठमाडौं ।आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ। टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ। कतिपय मानिसहरु यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाहरुले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन्।

टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन। टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ। यस्तो आलु खनुा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। आलुको खाल्डा भएको ठाउँबाट टुसाहरु निस्कन सुरु हुन्छन्। टुसा उम्रिँदा आलुमा पाइने कार्बोहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छन् जसका कारण आलु निकै नरम हुन्छन्। हल्का हरियो रङको आलु पनि खानु हुँदैन। आलुको तरकारी बनाउनु अघि, हरियो भाग काटेर अलग गर्नुपर्छ। हरियो आलु खाँदा पनि फूड पोइजनिङ हुनसक्छ। आलु खन्ने बेलामा नै यसमा टुसा उम्रिएको छ भने टुसा हटाएर खान सकिन्छ।

टुसा उम्रेको उम्रिएको आलु छ भने यसलाई फ्याँक्नु नै राम्रो हुन्छ। यस्ता आलु स्वास्थ्यका लागि राम्रो हुँदैनन्। टुसा उम्रिएको आलु विषालु हुन्छन्। नेशनल यसको बिरुवा पा पातमा यो अतयधिक मात्रामा हुन्छन् त्यसैले आलु टुसा उम्रिन सुरु हुने बित्तिकै यसमा दुबै विषालु तत्वको मात्रा बढ्न थाल्छ। त्यसैले यस्ता आलुलाई कुनै पनि रुपमा खाँदा शरीरमा ती तत्व प्रवेश गर्ने गर्छन्।