२०८१ आश्विन ८ , मंगलबार

धनुषामा कुटपिट गरी ५३ वर्षीय यादवको हत्‍या

सुनाखरी न्युज/ काठमाडौं । बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

 

उनको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रभु यादव र सोही ठाउँका सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद थियो। त्यही विवादको क्रममा उनीमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका लागि जनकपुर अस्पताल लगिएको थियो।

 

उपचारको क्रममा यादवको मृत्यु भएको हो। प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादवसहित ६ जनालाई पक्राउ गरेको छ। साथै, कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत ३ जनाको जनकपुर अस्पतालमा उपचार भइरहेको छ।