२०८१ आश्विन ६ , आइतवार

संयम र आश्माको विवाह हायात होटलमा हुँदै

सुनाखरी न्युज/ काठमाडौं । कलाकार जोडी संयम पुरी र आश्मा डीसीबीच बौद्धस्थित पाँचतारे हायात होटलमा विवाह समारोह भइरहेको छ । झण्डै २०० जना जन्तीको उपस्थितिमा भइरहेको विवाहमा केही सेलिब्रिटी पनि उपस्थित छन् ।

नेपाली फिल्म क्षेत्रका केही चर्चित फिल्ममा अभिनय गरेका संयम र आश्माले सात वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
हिन्दू परम्पराअनुसार भइरहेको विवाहमा बेहुला संयम र बेहुली पहिरनमा आश्मा दुवै जना खुसी देखिएका छन् । नर्लिङ रिसोर्टमा विवाहको रिसेप्सन पार्टीको आयोजना हुँदैछ । संयम फिल्म निर्देशक नारायण पुरीका छोरा हुन् । बाबुको ‘लिगेसी’लाई निरन्तरता दिंदै अघि बढेका उनले ग्याङस्टर ब्लुज, रातोघर, नाइँ नभन्नु ल ३, आभास, पुन्टे परेड, सायद लगायत हिट फिल्ममा अभिनय गरेका छन् ।

‘आभास’मा संयम र आश्माले स्क्रिन सेयर पनि गरेका थिए । आश्माले रेखा थापाको फिल्म ‘रामप्यारी, नाइँ नभन्नु ल ३ र आभासमा अभिनय गरेकी छन् ।