२०८१ मंसिर ८ , शनिवार

भारतीय आयल कर्पोरेसनले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

सुनाखरी न्युज/ काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ भने खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ ।

 

पेट्रोलको मूल्यमा २ रुपैयाँ ३८ पैसा, डिजेलको मूल्यमा ११ रुपैयाँ २६ पैसा घटेर आएको र ग्यासको प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

 

तर, नयाँ मूल्यसूचीअनुसार निगमलाई फाइदा भए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाउने देखिएको छैन ।