२०८१ मंसिर ८ , शनिवार

ब्रोइलर कुखुराको बिक्री मूल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौं ।

किसानले मासु विक्रेतालाई बिक्री गर्ने ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य घटेको छ । कुखुराको मासु बिक्री वितरण गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले प्रतिकिलो १० रुपैयाँल मूल्य घटाउने निर्णय गरेको हो ।

यसअघि प्रतिकिलो २२० रुपैयाँ प्रतिकिलो रहेको ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य २१० रुपैयाँ कायम गरिएको संघका सचिव देव गिरीले जानकारी दिए ।

 

गिरीकाअनुसार मागको तुलनामा उत्पादन धेरै हुँदा मासुको मूल्य घटेको हो । यस्तै भारतीय बजारबाट चोरबाटो हुँदै कुखुरा भित्रिँदा पनि बजार मूल्यमा चाप परेको उनले दाबी गरे ।

 

संघले तोकेको कोल्ड स्टोर मूल्यअनुसार अब काठमाडौं उपत्यकामा तयारी बोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ३०० रुपैयाँ कायम भएको छ ।