२०८१ आश्विन ६ , आइतवार

सुस्मिताको आवाज र निमा लामाको र्यापमा ‘धरर आँशु’ बजारमा

सुनाखरी न्युज/ काठमाडौं । गायिका सुस्मिता स्याङ्तान तामाङको आवाज र र्यापर निमा लामाको र्यापमा ‘धरर आँशु’ बोलको गीत बजारमा आएको छ । बिरिसु मिडियाको अफिसियल युटुब च्यानलमार्फत उक्त गीत सार्वजानिक गरिएको हो ।

 

‘हाम्रो नयाँ गीतलाई सम्पूर्ण दर्शकले मन पराउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौ । यो र्यापर निमाको आफ्नै जीवनमा आधारित गीत हो । उनको संघर्षको कथा समेटिएका छौ ।’ गायिका सुस्मिता स्याङ्तानले भनिन ।

 

विवेक लोप्चनको शब्द, जेम्स जिम्बा तामाङको र्याप कम्पोज, कर्साङ लामाको संगीत र संगीत संयोजनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन गरेका हुन । त्रिलोक लामाले छायांकन गरिएको भिडियोलाई राजु दोङ तामाङले सम्पादन र कलर गरेका हुन ।

 

र्यापर निमा लामा र गायिका सुस्मिता स्याङ्तानले बजारमा ल्याएको भेट्लास है र कमिसन बोलको गीतलाई अत्याधिक रुचाएका छन ।