नेपाल अडिटर्स एशोसिएसन(अडान) को छैटौं राष्ट्रिय महाधिवेशन पछिको दोश्रो केन्द्रिय कार्य समितिको बैठक अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षतामा नयाबानेश्वर स्थित ईन्द्रेणी फुडल्याण्ड, काठमाण्डौमा बसि कोषाध्यक्ष बलराम चौधरी र महासचिब प्रेम बहादुर श्रेष्ठले पेस गर्नु भएको आर्थिक र सांगठनिक प्रतिबेदन सुझाव सहित पारित गरेको छ ।
बैठकमा देशभरबाट आउनु भएका केन्द्रिय पदाधिकारी एबं सदस्यहरुले आआफ्नो क्षेत्रका पेशागत मुद्घा एबं गतिबिधिका सन्दर्भमा प्रकाश पार्नु भएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) मा अडानबाट प्रतिनिधित्व गर्ने पार्षदहरु पोषराज नेपाल, भोलानाथ पाठक, शंकर ज्ञवाली, अडानका निबर्तमान अध्यक्ष मोहन राज रेग्मी, सल्लाहकार सहसंयोजक मोहन कुमार सुबेदी, अनुशासन समितिका संयोजक ध्रुब प्रसाद पौडेल, द्वितिय उपाध्यक्ष अब्दुल करीम खान, तिर्तिय उपाध्यक्ष झलकमणि लम्साल लगायतले बोल्नु भएको थियो । बैठकमा स्वागत, बिषय प्रबेश मन्तब्य अध्यक्ष केदार नाथ पौडेलले र उपस्थित सबैमा प्रथम उपाध्यक्ष डोलप्रसाद दाहालले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
अडानलाई अझ शसक्त क्रियाशिल, पेशागत नमूना संगठन बनाउन केन्द्रबाट सम्बन्धित प्रदेशको उपाध्यक्षको संयजकत्वमा कार्य बिभाजन गरि जिम्मेवारी समेत तोकेको छ ।एशोसिएसनका बैठकहरु नियमित, प्रभावकारी पारदर्शि एवं परिणाममुखि बनाउन सबै प्रदेशका केन्द्रिय उपाध्यक्षज्युहरुको संयोजकत्वमा तत्तत् प्रदेशमा रहेका उपमहासचिव, सचिव एवं केन्द्रीय सदस्यज्युहरुलाई सहभागि गराई साँगठनिक गतिविधीहरु सञ्चालन गर्ने र हरेक प्रदेशमा बर्षमा कम्तीमा चार पटक बिस्तारीत बैठकहरु केन्द्रीय उपाध्यक्षज्यूहरु मार्फत सञ्चालन गर्ने रसंस्थाका ६५ जिल्लामा एशोसिएसनको साँगठनिक संरचाना भए पनि त्यसलाई केन्द्रसंग जोडिने गरि कार्यक्रम नभएको महशुस भएकोले सबै सदस्यलाई क्रियासिल बनाउने गरि पेशागत ज्ञान आत्मसम्मान, हरेक सदस्यसंग हाम्रो अडान भन्ने अभियान सहित सदस्यहरुलाई पेशागत ज्ञान, संगठनात्मक ब्यवहारलाई ब्यवस्थीत गर्न कार्य योजना सहित सबै संगठनात्मक संरचना परिचालन गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका संग सम्झौता भई कार्यान्वयन नभएका मुद्घाहरु चाडो सम्बोधन गर्न, सूचीकृतका सम्बन्धमा उठेका समस्याहरुको दिर्घकालीन हल गर्न, बढ्दो बेरोजगारी समस्यालाई समाधानका उपायहरु खोज्न, बढ्दो मूल्य बृद्वि नियन्त्रण गर्न, बढ्दो तरलता अभावको समस्यालाई समाधान गर्न, लगायत बिभिन्न राष्टिय अन्तराष्टिय असरहरु बारे गम्भिर हुन ध्यानाकर्षण गरेको छ । बैठकले निम्नानुसारका २० बुंदे बिशेष प्रस्ताब पारीत गर्दै लेखापरीक्षकहरुका जल्दाबल्दा बिषयमा ध्यान दिई समस्या समाधानका लागि राज्य र सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गरेको छ ।
पारित बिशेष प्रस्ताबहरु
१. यहि २०७९ मसीर ४ गते सम्पन्न संघिय तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचित सम्पूर्ण सांसदज्यूह््रुलाई दलिय स्वार्थ भन्दा माथि उठी जनतामुखीे नीति वनाउन, देशको आर्थिक क्षेत्रमा ब्यापक सुधारका कार्यक्रमहरु ल्याई नेपालीहरुको मुहारमा खुशी जगाई संघिय गणतन्त्रात्मक लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न यो बैठक निर्बाचित सबैमा हार्दिक बधाई ज्ञापन गर्दछ ।
२. रोजीरोटीका निम्ति जनता विदेशीनु नपर्ने गरी देशमानै रोजगारी श्रृजनागर्न सक्ने वातावरणका बनाउनका लागि यो बैठक जोडदार माग गर्दछ ।
३ देशमा हाल बैंक व्याजको अत्यधिक वृद्धिका कारण अर्थतन्त्रमा समस्याहरु बढी आर्थिक मन्दी, जनताको जिवनयापनमा कठिनाई, व्यावसायीहरुका बैंक व्याजका कारण अप्रत्यासित घटनामा बुद्वि भएका समाचारहरु आइरहेको अवस्थामा प्रभावित सबै क्षेत्र र अर्थतन्त्रमा देखापरेका समस्याहरुलाई सुझवुझपुर्ण समन्वयबाट समाधान गर्न नेपाल सरकार समक्ष यो बैठक जोडदार माग गर्दछ ।
४. लामो समय देखी लगातार भईरहेको रसिया र युक्रेन बीचको युद्धले बिश्वको अर्थब्यवस्थामा हलचल ल्याएको छ । रसिया र युक्रेनबीचको तनावसंगै खाध्यान्नमा अस्वभाविक मूल्य बृद्धि हुनाका साथै सुन चाँदी लगायतका बस्तुहरु महङ्गीएका छन् भने बिश्व शेयर बजारलाई नराम्रोसँग असर गरिरहेको छ । युद्ध अन्त्य र शान्तिका लागि यो बैठक जोडदाररुपमा हार्दिक अपिल गर्दछ ।
५. बरिष्ठ चार्टर्ड एकाउण्टेन्टलाई ँऋब् मान प्रदान गरिए जस्तै बरिष्ठ रजिष्टर्ड अडिटर्सहरुलाई पनि ँच्ब् को व्यावस्था गर्नका साथै पेशामा रहेका योग्यता र क्षमता भएका सम्पूर्ण दर्तावाल लेखापरीक्षकहरुलाई स्वतः वर्गबृद्धि गर्दै क बर्गमा बर्गोन्नति गर्ने ब्यबस्था गर्न सम्बद्ध पक्षहरुसंग यो बैठक जोडदार माग गर्दछ ।
६. अडिटिङ्ग एबं एकाउण्टिङ्घ स्टयाण्डर्डहरुलाई सरलिकृत गरी सबै नागरिक, उद्योगी ब्यबसायिहरुले बुझ्ने बनाई, लेखापरीक्षण कार्यलाई सहज बनाउन यो बैठक जोडदार माग गर्दछ ।
७. यस एशोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) वीच विगत लामो समय देखि पटक पटक भएका सम्झौताहरु र एशोसिएसनले ध्यानाकर्षण गराएको बिषयहरुमा हाल सम्म कार्यान्वयन नभएकोले सिघ्र कार्यान्वयनका लागि यो बैठक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था समक्ष जोडदार माग गर्दछ ।
८. नयाँ संविधान कार्यान्वयनसंगै सबै ऐन कानूनको परिमार्जन गर्नुपर्ने भएकोले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन पनि परिमार्जन गरी सबैखाले विभेदहरु अन्त्य गरी लेखापरीक्षकहरुको सदस्यतामा समान हैसियत कायम गराउन र कारोबारको सीमा हटाउन नेपाल सरकार र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) संग जोडदार मांग गर्दछ साथै ऐनको परिमार्जनको सन्दर्भमा आपसी छलफल र सहमतिको माध्यमबाट अघि बढ्न र खुला दिलले चांडो भन्दा चांडो कानून बनाई लागु गर्न यो बैठक जोडदार आग्रह गर्दछ ।
९. धितोपत्रवोर्डको नियमावलीमा शेयर दलालहरुको लेखापरीक्षण तथा अन्य कतिपय क्षेत्रका लेखापरीक्षण चार्टर्ड एकाउन्टेन्ट बाट मात्र हुने गरी दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षण गर्नवाट वञ्चित गराईएकोछ । चार्टर्ड एकाउन्टेण्टस् नियमावलीमा चार्टर्ड एकाउन्टेन्ट संस्था आफैले जारी गरेको लेखापरीक्षकहरुको वर्ग अनुसार तोकिएको सिमासम्म लेखापरीक्षण गर्न पाउने अधिकार विपरित आईक्यानका एकै सदस्यहरु वीच उक्त बोर्डको नियमावलीले गरेको पक्षपातपूर्ण व्यबहारलाई गम्भिरतापुर्वक लिई तत्काल सच्याउन साथै राज्यका बिभिन्न निकायहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ विपरीत कतिपय ऐन कानून, नियमावली र निर्देशिकाहरुमा सम्बन्धित निकायको लेखापरीक्षण चार्टर्ड एकाउन्टेन्टबाट गरिनेछ भन्ने लेखिएको पाइएकोछ । उक्त विभेदकारी ब्यवस्थालाई तत्काल सच्च्याई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट मान्यता प्राप्त लेखापरीक्षकबाट सम्बन्धित निकायको लेखापरीक्षण गरिनेछ भन्ने शब्दको प्रयोग गर्न सम्बद्ध पक्षहरुसँग यो बैठक जोडदार मागगर्दछ ।
१०. सहकारी ऐन, २०७४ ले कुनै एक सहकारीमा सञ्चालक सदस्य रहेको लेखापरीक्षकले देशभरका अन्य कुनै पनि सहकारीहरुमा समेत लेखापरीक्षण गर्न नपाउने भनी गरेको व्यबस्थाले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने संबैधानिक र नैसर्गिक अधिकार समेत कुण्ठित भएको हुंदा र अन्य कुनै पेशामा यस्तो प्रकारको ब्यवस्था नरहेकोले सो बन्देज तत्काल खारेज गर्न यो बैठक जोडदार माग गर्दछ ।
११.नेपाल चार्टर्ड एकाउन्ट्ेन्स ऐन २०५३ मा भएका बिद्यमान सबै विभेदको अन्त्य गरी समान हक कायम हुने ब्यवस्था गर्न तथा संघियताको मर्म र भावना अनुसार राज्यमा सबै निकाय प्रादेशिक संरचनामा गैसकेको अवस्थामा आईक्यानको प्रादेशिक परिषदको तत्काल ब्यवस्था गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग यो बैठक जोडदार माग गर्दछ ।
१२. लेखाव्यावसायमा आएका नविनम् प्रविधिले लेखापरीक्षणको कार्यमा चुनौतीको साथसाथै अवसर पनि सृजना गरेको छ । लेखापरीक्षण मानहरुमा भएका प्रावधानहरुको परिपालना गरी लेखापरीक्षण कार्यलाई अझ मर्यादित र ब्यवस्थित गर्न सम्पूर्ण सदस्यहरुलाई यो बैठक जोडदार अपिल गर्दछ ।
१३. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका हाल बिद्यमान ७२९८ रजिष्टर्ड अडिटर्स सदस्यहरुको काउन्सिलमा समानुपातिक प्रतिनिधित्व हुने गरी ब्यवस्था गर्न तथा आइक्यानका जो कोही योग्य सदस्यले संस्थाको अध्यक्ष वा उपाध्यक्षको रुपमा चुनिन सक्ने ब्यवस्था गर्दै रजिष्टर्ड अडिटर्सहरुलाई नेतृत्वमा पुग्न नदिने गरी लगाईएको बन्देज हटाउन नेपाल सरकार र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था समक्ष यो बैठक जोडदार मागगर्दछ ।
१४. लेखापरीक्षण गर्नकै लागि कतिपय संस्थाहरुमा सूचीकृत गर्नृुपर्ने प्रावधान हालसम्म पनि कायमै रहेको पाईकाले सोको स्थायी समाधान गर्न तथा स्थानीय, प्रादेशिक र संघीय सरकारबाट जारी हुने र भैसकेका सवै ऐन, कानून, नियमावली र निर्देशिकाबाट त्यस्तो प्रावधान हटाई स्थायी रुपमा सो को समाधान गर्न यो बैठक जोडदार माग गर्दछ ।
१५. नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाबाट जारी सवै लेखापरीक्षणमान तथा आवश्यकता अनुसारका कानूनहरुको परीपालना संस्थाका सवै सदस्यले वरावरी रुपमा गर्नुपर्ने हुन्छ । लेखापरीक्षणमान तथा कानूनहरुको परीपालना नगरी लेखापरीक्षण प्रतिवेदन जारी गरेमा त्यस्ता सदस्यहरुलाई कारबाही गर्ने ब्यवस्था कानूनमा गरिएको छ । नेपालको संबिधान २०७२ को धारा १८ (१) मा समानताका हकको ब्यवस्था गरिएकोछ, जसमा सबै नागरिक कानूनका दृष्टिमा समान हुने छन् र कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनिएको छ तर सबै बर्ग समुदायको बलिदानी संघर्षबाट निर्माण गरिएको संविधानको भावना बिपरित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा दर्तावाला लेखापरीक्षकहरुलाई अधिकारबाट बन्चित गर्ने गरि विभेदकारी व्यवस्थाहरु ग्रिएकाले त्यस्ता व्यवस्था खारेज गरी सबै सदस्यहरुलाई समान अधिकार राज्यले प्रदान गरी योग्यता, अनुभव र क्षमताको आधारमा सबै रजिष्टर्ड अडिटरहरुलाई लेखापरीक्षण गर्ने अधिकार स्थापित गर्नका लागि विद्यमान बिभेदकारी सबै ब्यवस्था हटाउन यो बैठक जोडदार मागगर्दछ ।
१६. मुलुकभरका सम्पूर्ण लेखापरीक्षकहरुलाई लेखापरीक्षणका विभिन्न मानहरु कार्यान्वयन गराउने सन्दर्भमा गम्भिर हुन र आचारसंहितालाई पालना गरी पेशालाई मर्यादित र प्रभावकारी बनाउन संगठन एवम् सदस्यहरुको व्यापक क्रियाशिलता मार्फत पेशाको छवी र गरीमा अभिवृद्धि हुने गरी आफना काम कारवाहीलाई अघि बढाउन यो बैठक हार्दिक आग्रहगर्दछ ।
१७. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को दफा ३० मा दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षक ऐन, २०३१ वमोजिम सुविधावाट वञ्चित गरिने छैन भन्ने व्यवस्था भएता पनि सो ऐन विरुद्ध नियमावलीमा ऐनको अधिकार कटौती गर्नु कानूनको सामान्य सिद्धान्त विपरित भएकोले त्यस्ता प्रावधान तत्काल खारेज गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था लगायत सम्वद्ध निकायहरुसंग यो बैठक जोडदार माग गर्दछ ।
१८. बित्तीयविवरण उपर राय प्रस्तुत गर्ने लेखापरीक्षकहरुलाई आयकर ऐन २०५८ (संशोधन सहित) को दफा १२७ ले मतियार भनी गरेको ब्यवस्थालाई तत्काल हटाउन यो बैठक जोडदार रुपमा माग गर्दछ ।
१९. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी गरिएका लेखामान अनुसार वित्तिय विवरणहरु तयार गर्ने प्रमुख दायित्व निकायहरुको नै भएको र सोहि बमोजिम विबरण तयार गर्नका लागि लेखा व्यवसायिलाई प्रशिक्षित गरि तोकिएको लेखा मापदण्ड अनुरुप वित्तिय विवरण तयार गर्नु पर्ने र लेखापरीक्षकले सो अनुसार भए नभएको राय दिने कार्य मात्र भएकोमा लेखापरीक्षकले नै तोकिएका लेखामान र विधि बमोजिम वित्तिय विवरण तयार गर्नु पर्ने जस्तो गरि गलत बुझाई भएकाले सो उपर सम्वन्धित सरकारी निकाय र व्यवसायिहरुलाई गम्भिर हुन यो बैठक हार्दिक अपिल गर्दछ ।
१९. नेपाल अडिटर्स एसोसिएसनको छैठौं राष्ट्रिय महाधिबेशनबाट निर्वाचित भई दोश्रो बैठकमा उपस्थित भई बैठकलाईलाई भब्यरुपमा सम्पन्न गर्न उपस्थित हुनु भएका देशभरिबाट पाल्नुभएका केन्द्रिय समितिका सम्पुर्ण पदाधिकारीहरु, सम्पुर्ण केन्द्रिय सदस्यहरु, कर्मचारी साथिहरु सबैमा यो बैठक हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।