सुनाखरी न्युज/ काठमाडौं । दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुस हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ। प्राय मानिसहरुको राती सुत्ने र दिनभर काम गर्ने बानी हुन्छ।
केही मानिसहरुको भने दिँउसो पनि केही समय सुत्ने बानी हुन्छ। दिउँसो सुत्ने बानी भएका मानिसहरुलाई बिहान खाना खाइसकेपछि सुत्न मन लाग्छ । काम गर्दागर्दै उनीहरुलाई अल्छी लाग्छ र निदाउने गर्छन्। यस्तो बानी भएका मानिसहरुलाई दिउँसो थकान महसुस हुन्छ र निन्द्रा लाग्न थाल्छ। दिउँसो सुत्ने मानिसहरुलाई धेरैले अल्छीको संज्ञा दिन्छन् । हरेकको मनमा दिँउसोको निन्द्रा राम्रो हो कि होइन भन्ने प्रश्न उठ्छ। दिउँसो सुत्ने बानी नराम्रो होइन बरु धेरै राम्रो बानी हो।
जो मानिस दिउँसोको समयमा सुत्छन् उनीहरुमा मुटु रोग लाग्ने खतरा अन्य मानिसहरुको तुलनामा कम हुन्छ। जो मानिस दिउँसोको समयमा १५-३० मिनेट निदाउँछन् उनीहरुको अल्छीपना टाढा हुन्छ। त्यस्तै तनाव वा मानसिक थकानलाई टाढा गर्न चाहनुहुन्छ भने दिउँसो ९० मिनेट निदाउनु राम्रो हुन्छ।