२०८१ आश्विन ८ , मंगलबार

चर्चित लेखक सुबिन भट्टराईलाई मनपर्ने तीन पुस्तक

सुनाखरी न्युज/ काठमाडौं । चर्चित लेखक सुबिन भट्टराई युवापुस्तामाझ निकै चर्चित छन् । समर लभ, साया, इजोरियालगायत कृतिका लेखक भट्टराईलाई धनुषचन्द्र गौतमको ‘घामका पाइलाहरू’, विश्वेश्वरप्रसाद कोइरालाको ‘हिटलर र यहुदी’ तथा भवानी भिक्षुको ‘आगत’ निकै मनपर्छ।

 

घामका पाइलाहरू ०३५ मा मदन पुरस्कार जित्न सफल उपन्यास हो। यस उपन्यासको भाषाशैली अति सरल भएकाले सबै पाठकले यो पुस्तक पढ्न सक्ने सुबिन बताउँछन्। पढेका पुस्तकमध्ये अति मनपर्ने एक पुस्तक हो यो उनले भने। हिटलरले लाखौँ निर्दोष यहुदीहरूलाई ग्यास चेम्बरमा थुनेर मारेको घटनालाई कोइरालाको ‘हिटलर र यहुदी’ उपन्यासमा वर्णन गरिएको छ ।

 

यस विषयवस्तुले सबैलाई गम्भीर बनाउने भट्टराई बताउँछन् । उनलाई कोइरालाको लेखनशैली अति नै मनपर्छ । राणाकालको जमिनदारीको कथालाई भिक्षुको आगतमा प्रस्तुत गरिएको छ । यो पनि भट्टराईलाई मनपर्ने पुस्तक हो ।