२०८१ मंसिर ११ , मंगलबार

दुधमा गुड र बेसार मिसाएर पिउँदा शरीरलाई फाइदै फाइदा

सुनाखरी न्युज/ काठमाडौं । वास्तवमा दुधमा गुड र बेसार मिसाएर पिउँदा यसको शक्ति थुप्रै गुणा बढ्ने गर्छ । यसको सेवनले शरीरको प्रतिरोधी क्षमता बढ्छ र थुप्रै्र गम्भीर समस्या हटाउछ । दूधमा बेसार र गुड मिसाएर पिउनाले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दूधमा क्याल्सियम, प्रोटिन, म्याग्नेसियम र फस्फोरस आदि पाइन्छ भने भिटामिन ए, भिटामिन बी र ल्याक्टिक एसिड पाइन्छ । गुडमा पर्याप्त मात्रामा क्याल्सियम, आइरन, सुक्रोज, ग्लुकोज र मिनरल्स पनि पाइन्छ । बेसारमा पाइने गुणले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर संक्रमणबाट बचाउने काम गर्छ ।

 

दूधमा गुड र बेसार मिसाएर पिउनाले शरीरलाई पर्याप्त पोषकतत्व प्राप्त हुन्छ र शरीरको शक्ति बढाउछ । यसको सेवनले पाचन प्रणाली सुधार्न र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । मोटोपनाको समस्या तौल घटाउन निकै फाइदाजनक हुन्छ । हरेक रात एक गिलास मनतातो दूधमा बेसार र गुड मिसाएर पिउनाले निकै फाइदा मिल्छ । दूध र गुड क्याल्सियमको धेरै राम्रो स्रोत मानिन्छ । नियमित रुपमा दुधमा गुड र बेसार मिसाएर पिउनाले जोर्नी र हड्डीको दुखाईमा कम गर्छ । यसको सेवनले हड्डी पनि मजबुत हुन्छ ।

दुधमा गुड र बेसार मिसाएर पिउँदा यस्ता फाइदा हुन्छन् । केही दिनसम्म यसको नियमित सेवन गर्नाले स्वास्थ्यमा पर्ने असरबारे तपाईंले महसुस गर्न थाल्नुहुन्छ । यदि तपाईलाई कुनै प्रकारको रोग वा समस्या छ भने, चिकित्सकको सल्लाह बिना यसको सेवन नगर्नुहोस् ।