२०८१ आश्विन ८ , मंगलबार

उखु खेतीमा आगलागी हुँदा १२ लाख बराबरको क्षति

सुनाखरी न्युज/ काठमाडौं । पश्चिम नवलपरासीको प्रतापपुरमा उखु खेतीमा आगलागी भएको छ । आज आइतवार प्रतापपुर गाउँपालिका ५ को बेतहानीमा दिउँस २ बजेतिर आगलागी हुँदा सात जना किसानको खेतमा काट्न तयार रहेको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक ले जानकारी दिनुभएको छ ।

 

आगलागीले बेतहानी गाउँको पश्चिमतर्फको क्षेत्रमा रहेको बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता, रामदुलारे लाेनिया, सञ्जय पासी, रबिन्द्र पासी र महेन्द्र पासीको खेतको उखुमा क्षति पुगेको छ । चार बिघा आठ कट्ठा क्षेत्रको उखु नष्ट हुँदा १२ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

उखुबारीमा लागेको आको स्थानीयवासी र प्रहरीको सहयाेगमा निभाइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।