२०८१ कार्तिक १७ , शनिवार

ज्वालामुखी विस्फाेटमा परी १३ जनाको मृत्यु

सुनाखरी न्युज/ इन्डोनेसिया । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरूमा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ।

अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ। दुईवटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन्। दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ।

 

ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ। अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन्। जाकार्ताको समयानुसार शनिबार दिउँसो ३:१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरूमा ज्वालामुखी विस्फोट भएको थियो।