सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन्।
यँहि बिष्यलाई लिएर कात्तिक १२ गते निवार्चन आयोगमा कार्की बिरुद्ध उजुरी परेको थियो र आयोगले उनका उम्मेदवारी खारेज समेत गरेको थियो । तर, पछि सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो।