२०८१ मंसिर १२ , बुधवार

सुनको गहना चोरेको आरोपमा दुई जनालाई पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । सुनको गहना चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले दुई जनालाई पक्राउ गरेको छ।

छुट्टाछुट्टै सुन चोरीको आरोपमा तमानखोला गाउँपालिका–३ का ३० वर्षीय पूर्णबहादुर तोम्ता र निसीखोला गाउँपालिका–१ का १९ की १९ वर्षीय चुमान पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरीले बताए। तमानखोला–४ की ८६ वर्षीया ख्रमती छन्त्यालले लगाएको ३ तोला ९ लालको सुनको सिक्री लुटेर फरार रहेकोले पक्राउ गरिएको बताए।

 

निसीखोला–१ की जुना रानाले काठको बाकसमा राखेको २ तोला ९७ लालको सुनको सिक्री चोरी गरी फरार रहेको उजुरीका आधारमा सिक्रीसँगै पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ परेका दुई जनालाई चोरी मुद्दामा जिल्ला अदालत बागलुङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।