सुनाखरी न्युज/ काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका-२ रिङरोडमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्टरका हेल्पर सैनामैना नगरपालिका-४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका छन्। तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा साँझ ६ बजे थारुको मृत्यु भएको हो।
लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्याक्टरको पछाडिको चक्काले किचेको थियो। ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ ।