२०८१ मंसिर १० , सोमवार

नेप्सेमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से ४.८७ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब ८८ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज नेप्सेमा कारबार रकम भने एक अर्ब पनि पुग्न सकेन । आज ९६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३४८.१० रुपैयाँ पुगेको छ । आज एनएमबि बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरशिवम सिमेन्ट कम्पनीको भएको छ । यसको आज ८ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।