२०८१ मंसिर १२ , बुधवार

२०० भन्दा बढी चालक विभिन्न कसुरमा एकैदिन ट्राफिक कारवाहीमा

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं उपत्यकामा आज गरिएको विशेष चेकिङमा २८६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहि गरेको छ ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता अवदेश विष्ट क्षेत्रीका अनुसार चेकिङका क्रममा बम्पर गार्ड नहटाएका १२ वटा, धुँवा बढी फाल्ने ३ वटा, नम्बर स्पष्ट नभएका ९ वटा, नम्वर प्लेट आकाश तिर फर्केका २ वटा, मदिरा पियर सवारी साधन चलाउने १ जना र अन्य कसुरमा २६० वटा गरी २८६ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो ।

 

उँहाका अनुसार काठमाडौंको नँया बसपार्क, सोह्रखुट्टे र स्वयम्भु चोकमा आज सवारी साधनको विशेष चेकजाँच गरिएको थियो । चालकलाई उत्तरदायी बनाई ट्राफिक सचेतनामा अभिवृद्दि गरी दुर्घटना न्युनिकरणका लागी पछिल्लो समय विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारवाहीको दायरामा ल्याउने कार्यलाई निरन्तरता दिईएको छ ।