सुनाखरी न्युज/ काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्दछन् ।
क्यासब्याकको अफर नेपाल भरीका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पौष ३० गतेसम्म उपलब्ध हुनेछ । डायनामिक क्युआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध भएको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । सेल्सबेरीमा नेपाल पे क्युआरको सेवा हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो ।
भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको क्युआर स्क्यान स्क्रिनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल नेपालपे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, एमओआरयु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ ।