२०८१ आश्विन ६ , आइतवार

अष्ट्रेलियाको एक महिने सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किए लगतै बेलायत पुगिन गायिका गिरी

सुनाखरी न्युज/ काठमाडौं । लोकदोहोरी गायिका भूमिका गिरीको विदेश दौड हिजोआज ह्वात्तै बढेको छ । यी गायिका दुई दिन अघिमात्रै सांगीतिक कार्यक्रमका लागि बेलायत पुगेकी छिन् । अष्ट्रेलियामा एक महिना लामो सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किएको दुई साता नपुग्दै गायिका गिरी बेलायत पुगेकी हुन् ।

 

उनी अबको एक महिना उतै रहनेछिन् । बेलायतका विभिन्न स्थानमा नेपाली समुदायले आयोजना गर्ने सांगीतिक कार्यक्रमहरूमा उनले प्रस्तुती दिनेछिन् । क्रिसमस् इभेन्टस्सँगै अंग्रेजी नयाँ बर्षमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा गिरीको प्रस्तुती रहनेछ ।

 

उनले स्वर दिएका ‘गोरखपुरको सलाई’, ‘तारा संगै जून’, ‘चोली मैलौ भो’ जस्ता गीतहरू हिट छन् । एक महिनाअघि मात्रै सार्वजनिक उनको ‘देउरालीमा’बोलको गीत पनि यतिबेला चर्चाको शिखरमै छ ।