२०८१ आश्विन ६ , आइतवार

आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’रिलिज हुँदै

सुनाखरी न्युज/ काठमाडौं । एक समयमा हिट अभिनेता हुन् आर्यन सिग्देल। आर्यनलाई उनका फ्यानले पर्दामा देख्न नपाएको केही वर्ष भयो। उनै आर्यन लामो समयपछि ‘डिसेम्बर फल्स’मार्फत पर्दामा फर्किने तयारीमा छन्। आफ्नो पुरानो क्रेज फर्काउने दाउमा रहेका आर्यनका ३ वर्ष यही फिल्मका लागि बितेका छन्।

 

गत शनिबार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा छायांकन गरेसँगै फिल्मको छायांकन सकिएको छ। यो फिल्मको निर्माण घोषणा २०७७ मंसिरमा भएको थियो। तर लगत्तै कोरोना महामारी फैलियो। फिल्म अन्योलमा पर्‍यो। त्यही फिल्म आगामी पुस १५ देखि रिलिज हुँदै छ। फिल्मको अन्तिम दृश्यमा लाङटाङ क्षेत्रमा हेलिकप्टरबाट उद्धार गरिएको छ। यो दृश्यमा आर्यनका साथमा उपासनासिंह ठकुरीले अभिनय गरेकी छन्। यो फिल्म आर्यनको करिअरमा महत्त्वपूर्ण मानिएको छ।

 

फिल्म प्रवीण झाने निर्देशन गरेका हुन्। फिल्ममा अस्पतालमा कार्यरत नर्सलाई बदला लिन अपहरण गरिएपछि मुख्य पात्रले उनलाई मुक्त गर्न गरेको संघर्ष छ। फिल्ममा रामप्रसाद रिजालले लगानी गरेका हुन्।