२०८१ आश्विन ६ , आइतवार

भाडामा लागेन अभिनेता सुशान्तसिंह राजपुतको फ्ल्याट

सुनाखरी न्युज / बलिउड इन्डस्ट्रीलाई ‘के पो छे१’, ‘छिछोरे’, ‘दिल बेचरा’ जस्ता धेरै हिट फिल्म दिएका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको २ वर्ष भइसक्यो । तर मानिसहरुले उनलाई अझै मिस गरिरहेका छन । उनको मृत्युको शोक कम भएन । आज पनि सामाजिक सञ्जालमा अभिनेताका लागि न्यायको माग भइरहेको छ ।

 

समुद्रतिर फर्किएको चार बेडरूम भएको उनको बसेको उक्त फ्ल्याट आकर्षकमध्ये पर्छ । तर यो अहिलेसम्म भाडामा लागेको छैन । रियल स्टेट ब्रोकर रफिक मर्चेन्टले यो फ्ल्याट मासिक पाँच लाख भारूमा भाडामा लगाउन विज्ञापन गरेका छन्। तर यो फ्ल्याट सुशान्तको भन्ने थाहा पाएपछि सम्पर्क गरेका ग्राहकहरू पनि नआउने समस्या भएको उनले बताएका छन्।

 

मानिसहरू यो फ्ल्याटमा बस्न डराएको पनि मर्चेन्टले बताएका छन्। सुशान्तको यही फ्ल्याटमा निधन भएको सुनेपछि त उनीहरू हेर्न पनि आउँदैनन्। सुशान्तको सुनसान फ्ल्याटको बारेमा जानकारी दिँदै रियर एस्टेट ब्रोकर रफिक मर्चेन्टले भने, फ्ल्याटको मालिक एनआरआई हो, जो बलिउड सेलेब्सलाई आफ्नो फ्ल्याट दिन तयार छैनन्। यससँगै उनले ‘अहिले कर्पोरेट व्यक्तिलाई भाडामा लिएर खोजिरहेको’ पनि बताए ।