२०८१ आश्विन ६ , आइतवार

युट्युबमा टुबोर्गको ‘खोलौं रमेर’ गीतको भ्यूज १० मिलियनभन्दा बढी

सुनाखरी न्युज/ काठमाडौं । युट्युबमा टुबोर्गको ‘खोलौं रमेर’ गीतको भ्यूज १० मिलियनभन्दा बढी पुगेको कम्पनीले बताएको छ । भेकले डेरुलोले पाएको निर्देशन तथा सुझावका आधारमा तयार गरिएको योव गीत युट्युबमा १० मिलियन भ्यूज पार गरिसकेको कम्पनीको भनाइ छ । ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन अभियानद्वारा निरन्तर राष्ट्रिय तथाअन्तर्राष्ट्रिय कलाकारहरुलाई संलग्न गराएर संगीत क्षेत्रको उत्थान गर्दै आइरहेको कम्पनीले बताएको छ ।

 

टुबोर्गले नेपाल लगायत भारत, चीन, टर्की, सेर्बिया साथै अन्य देशहरुमा पनि टुबोर्ग ओपन अभियानद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको छ । टुबोर्ग ओपेन अभियान, टुबोर्ग उत्पादन फैलिएका विभिन्न देशमा छैटौं पटक हुँदै छ भने नेपालमा यो पाँचौ पटक हुनेछ । हरेक वर्ष टुबोर्ग ओपेनको एउटा फरक थिम हुने कम्पनीको भनाइ छ । यो वर्षको थिमभने ‘टेक द स्टेज’ रहेको छ ।

 

कम्पनीका अनुसार यसवर्ष टुबोर्गले लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा आबद्द्ध भएका छन् भने उनीसँगै नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् । ‘खोलौ रमेर’’ बोलको गीतले धेरै माया पाएको भेक बताउँछन् । टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्रमा गहिरो सम्बन्धन रहेको गोर्खा ब्रोअरीका मार्केटिङ डाइरेक्टर आशिष बिस्टले बताए ।