२०८१ आश्विन ६ , आइतवार

निर्देशक तथा कलाकार प्रभाकरदेव शर्मा ‘आम्मै’ लिएर दर्शकमाझ आउँदै

सुनाखरी न्युज/ काठमाडौं । निर्देशक तथा कलाकार प्रभाकरदेव शर्मा नयाँ पारिवारिक हाँस्य टेलिश्रृङ्खला ‘आम्मै’ लिएर दर्शकमाझ आउँदैछन् । हिल्स होम थिएटर र विकासराज जोशीको प्रस्तुति रहेको टेलिश्रृंखला ‘आम्मै’ आज सोमबारदेखि प्रत्येक सोमबार बेलुकी ८ः३० बजे ईमेज च्यानल र ९ बजे ओएसआर मुभिजबाट प्रसारण हुनेछ ।

 

साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा कार्यक्रम तथा योजना शाखा प्रमुखका रूपमा कार्यरत शर्मा टेलीश्रृङ्खला निर्देशनमा पनि सक्रिय छन् । उनले लौ मार्यो, घात प्रतिघात, जीवनचक्र, लौन भुतुक्कै पार्यो, अपराधी को ?, आमा, मेमसाब, थोरै भए पुगिसरी लगायत थुप्रै टेलिश्रृङखलाहरु निर्देशन गरिसकेका छन् । ती श्रृंखलाहरु त्यतिबेला दर्शकमाझ निकै नै लोकप्रिय थिए ।‘धेरैपछि नयाँ हास्य पारिवारिक टेलिसिरियल ‘आम्मै’ लिएर दर्शकमाझ उपस्थित भैरहेकोछु र निकै नै आशावादी पनि छु, आदरणिय दर्शक महानुभावहरुले विगतका काम झैँ यस सिरियललाई पनि धेरै माया दिनु हुनेछन् निर्देशक शर्माले बताउनु भयो ।

 

टेलिसिरियल आम्मैमा कलाकारहरु प्रभाकर देव शर्मा, धनराम मुस्कान, नवराज भण्डारी, राजन थापा, पुष्पराज अवस्थी, अनामिका लामिछाने, सेबिता अधिकारी, संगम राई, आशिका बस्नेत, लक्ष्मण भण्डारीलगायत अन्य कलाकारहरूको अभिनय रहेको छ भने यसको लेखन राजन थापाले गर्नु भएको छ । त्यसैगरी मदन महर्जनको छायांकन, ओम प्रकाश अवस्थी ईश्वर को सम्पादन, बिपिन घिमिरे र शिला बिष्टको स्वर, गोबिन्द दुलालको व्यवस्थापन रहेको सिरियल आम्मैको मुख्य सहायक निर्देशन भने पुष्पराज अवस्थीको छ ।