सुनाखरी न्युज/ काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले अब नैकापबाट पनि “पेसेन्जर“ श्रेणीका गाडीहरुको सेवा (पीभी सर्भिस) सुरुवात गर्ने जानकारी प्राप्त भएको छ ।
“पछिल्लो समय यस श्रेणीका उत्पादनहरुको बजार व्यापक रुपमा विस्तार भईरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै ग्राहकहरुलाई प्रभावकारी एवं उत्कृष्ट ढंगले सेवा÷ सुविधा प्रदान गर्ने उद्देश्यले पीभी सर्भिस वर्कशप अझै थप्दै ग्राहक सेवाको विस्तार गर्ने थालनी गरिएको हो,“ कम्पनी स्रोत बताउँछ ।
यस अन्तर्गत आइसी इन्जिन भएका (इन्धनबाट संचालन हुने) मात्र नभई विद्धुतीय (ईभी) दुवै प्रकारका गाडीहरुको मर्मत सम्भार गरिनेछ । त्यसको लागि आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधारको पनि तयारी पूरा भईसकेको जानकारी प्राप्त भयो । “टाटा ब्राण्डका ईभीहरुको नेपालमा लोकप्रियताको बढोत्तरीसँगै सिप्रदीले आफ्ना ग्राहक सेवा केन्द्रहरुमा यस गाडीको लागि आवश्यक पूर्वाधार विकास गरिरहेको छ,“ कम्पनी स्रोत जानकारी गराउँछ ।
सिप्रदीले नेपालभर आफ्ना २२ भन्दा बढी ग्राहक सेवा केन्द्रहरु बाट उच्चस्तरीय सेवा÷ सुविधा प्रदान गर्दै आईरहेको छ ।