सुनाखरी न्युज/ काठमाडौं । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा हृदय रोग केन्द्र सञ्चालनमा आएको छ । जसअन्तर्गत क्याथल्याब सेवा बुधबार माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको छ ।
पोखरा र आसपासका मुटुका बिरामीलाई महंगो खर्चमा हेलिकोप्टमार्फत् काठमाडौं तथा विदेश धाउनुपर्ने अवस्थाको अन्त्य गर्न जिएमसीको क्याथल्याबबाट सहयोग मिल्ने छ । पोखरालाई मेडिकल शिक्षाको हब बनाउन र प्रदेशभरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार क्रियाशील रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
सरुवा रोग तथा संक्रामक अस्पताललाई आधार मानेर गण्डकी विश्वविद्यालय मातहत मेडिकल कलेज सञ्चालनको तयारी थालिएको मुख्यमन्त्री पोखरेलले जानकारी गराउनुभयो ।